सुदूर नेपाललाई विश्वसँग जोड्दै

१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

२०७९ असार १८, ०९:०१ खबर संवाददाता

गुल्मीः १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका ६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोट बस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस