सुदूर नेपाललाई विश्वसँग जोड्दै

चट्याङ लागेर ३ जनाको मृत्यु

२०७९ असार १८, ०८:४७ खबर संवाददाता

काठमाडौंः चट्याङ लागेर देशभर ३ जनाको मृत्यु भएको छ। बारा, सुवर्ण गाउँपालिका ७ समफुलवा बस्ने २० वर्षीय धिराज प्रसाद यादवको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ। खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २८ वर्षीय नेतालाल पंडित र सोही ठाउँ बस्ने भरोस यादवकी छोरी ८ वर्षीया रुबी कुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यस्तै खोटाङ बाराहपोखरी गाउँपालिका ४ कोछाले बस्ने ४६ वर्षीया चन्द्रमाया राउतको चट्याङ लागेर गएराति मृत्यु भएको हो।

आफ्नै घरमा सुतीरहेको अवस्थामा घर नजिकै गोठमा परेको चट्याङको झड्का लाग्दा उनको मृत्यु भएको हो। कपिलवस्तु, शिवराज नगरपालिका २ बालापुर बस्ने १९ वर्षीया सुशिला थारुको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ।

आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ पर्न जाँदा घाइते भएकी उनको संजिबनी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस