सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी घोषणा गरेको सात दिनमै वामदेव गौतम निष्कासित

२०७९ असार १८, ०६:४६ खबर संवाददाता

काठमाडौं: नेकपा (एकता राष्ट्रिय अभियान) पार्टी घोषणा भएको सात दिनमै वामदेव गौतम निष्कासित भएका छन्। अभियानमा आवद्ध हामी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले संयोजक गौतमलाई निष्कासित गर्ने निर्णय गरेको हो।

अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन्।

गौतममाथि लगाइएका आरोप:

१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

३.जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम  दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधी गरिएको ।

५. सम्पूर्ण  बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

कमेन्ट लोड गर्नुस