सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङमा बस दुर्घटना, ३० जना घाइते

२०७९ असार १७, ०७:२० खबर संवाददाता

धादिङ: पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। काठमाडौंबाट रौतहटका लागि छुटेको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार खाल्डाखुल्डी परेको र घुम्ती सडकका कारण दुर्घटना भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका बताइएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ। अन्य सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस