सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ असार १७, ०६:१३ खबर संवाददाता

दाङ: दाङको घोराहीमा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ मोटरसाइकलले घोराही उपमहानगरपालिका-७ बेसाही नजिक २ वटा साइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र साइकलयात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन्। दुर्घटनामा मोटरसाइकलमा सवार घोराही-७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

कमेन्ट लोड गर्नुस