सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ असार १६, ०९:०५ खबर संवाददाता

काठमाडौंः करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका १२ बेल्हानी बस्ने ५८ वर्षीया उजी कुमालको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको हो।

आफ्नै घरको छत सफा गर्ने क्रममा छतमा रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर अशक्त भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस