सुदूर नेपाललाई विश्वसँग जोड्दै

आपूर्तिमन्त्री बडू पनि शेखर कोइरालाको भेलामा

फाइल फोटो
फाइल फोटो
२०७९ असार १६, ०५:०० खबर संवाददाता

धनगढीः कांग्रेस नेता डा शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला सुरु भएको हो।

भेलामा डा कोइराला, डा रामशरण महत, दिलेन्द्रप्रसाद बडू, जगदीशनरसिंह केसी, सञ्जय गौतमलगायत सहभागी छन्। बडू देउवा सरकारका आपूर्ति तथा वाणिज्य मन्त्रीसमेत हुन्। यसअघि उनी रामचन्द्र पौडेल खेमामा थिए। कांग्रेसको १४औं महाधिवेशनसम्म पनि उनी पौडेलसँगै थिए। यसअघि कोइरालाले बोलाएको भेला र बैठकमा उनी सहभागी हुने गरेका थिएनन्। तर, बिहीबारको भेलामा बडू पनि सहभागी भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन्।

कमेन्ट लोड गर्नुस