सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको ५ लाख बजेटमा पत्रकारलाई शुक्लाफाँटा सफारी

फोटोः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हरि जोशीको फेसबुकबाट
फोटोः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हरि जोशीको फेसबुकबाट
२०७९ असार १६, ०३:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पत्रकारहरुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन्। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाईको बजेटमा पत्रकारहरुले भ्रमण गरेका हुन्। 

चालु आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम सरकारले पर्यटन प्रवद्धनका लागि भन्दै पत्रकारहरुलाई खप्तड भ्रमण कार्यक्रम अन्तरगत ५ लाख बजेट छुट्याइएको थियो। तर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको आग्रहमा उक्त शिर्षक संसोधन गरेर कार्यशाला गोष्ठी र पत्रकारहरुलाई नै शुक्लाफाँटा सफारी गराउने कार्यक्रम तय गरिएको पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाईका प्रमुख भोजराज पाठकले बताए।

सोही अन्तरगत धनगढीसहित सुदूरपश्चिमका पत्रकारहरुले हिजो (बुधबार) देखि आजसम्म शुक्लाफाँटा सफारी गरेका छन्। यसरी सरकारी बजेटमा पत्रकारलाई सफारी गराएपछि अहिले सरकारको आलोचना समेत भइरहेको छ। यता, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले दुई दिने सफारी कार्यक्रममा पत्रकारहरुसँग अन्तरक्रिया समेत गरिएको बताए। यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको दाबी छ।

 

 

 

कमेन्ट लोड गर्नुस