सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली र गौतमबीच भेटवार्ता, के भयो छलफल ?

२०७९ असार १६, ०२:१० खबर संवाददाता

धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। मंगलबार एकता राष्ट्रिय अभियान नामक पार्टीको औपचारिक घोषणा गरेका गौतम ओली भेट्न बिहीबार बालकोट पुगेका हुन्।

उनीहरुबीचको भेटवार्तामा सम्भव भए बाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ। गौतमले ओलीपछि अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेट गर्ने तयारी छ। प्रदेश र संघको चुनाव नजिकिँदै जाँदा नयाँ दलको घोषणा गरेका गौतमले आगामी ३ महिना एकताका लागि गृहकार्य गर्ने बताएका थिए। सोही अनुसार गौतम कम्युनिस्ट नेताहरु भेटघाटका लागि निस्किएका हुन्। गौतमले दलको घोषणा गरेपनि निर्वाचन आयोगमा दर्ता भने गराएका छैनन्।

कमेन्ट लोड गर्नुस