सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ

२०७९ असार १६, १०:५१ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडि दुर्घटनाबाट बचेको छ।

रामेछापको गोगनेमा उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कोरपियो सडकबाट बाहिर पुगेको थियो। सामान्य दुर्घटनामा कोही केही भएका छैनन्।   उनले आफू सकुशल रहेको जानकारी पनि दिएका छन्।

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए। उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए।

कमेन्ट लोड गर्नुस