सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिनकै वर्षाले धनगढी जलमग्न

२०७९ असार १६, ०९:३८

धनगढीः हरेक वर्षायाममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा पर्दै आएको छ।  मंगलबार र बुधबार राति दुई दिन परेको सामान्य वर्षाले धनगढी जलमग्न बनेको छ। 

धनगढीको वडा नम्बर ३ मित्रनगर टोल बर्षाका कारण डुवानमा परेको छ।  पछिल्ला वर्षहरूमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। 

ठुलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारण खोलानाला अतिक्रमण नै रहेको धेरैको तर्क छ। पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउने कार्य गरिरहेको छ। 

पछिल्ला वर्षहरूमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ।  ठुलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारण खोलानाला अतिक्रमण नै रहेको धेरैको तर्क छ। पछिल्लो समय उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउने कार्य गरिरहेको छ। 

 

कमेन्ट लोड गर्नुस