सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्खाल भत्किदा एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७९ असार १६, ०५:५९ खबर संवाददाता

भक्तपुरः  पर्खाल भत्किदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–१० चित्तापोल लाकुलीमा पर्खाल भत्किदा सोही ठाउँ चित्तापोल लाकुली बस्ने ६६ वर्षीया नारायाणदेवी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खा मुनि हिडिरहेकी उनी सोही पर्खाल भत्किदा पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरि परिसर भक्तपुरले जनाएको छ।

यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस