सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर हेप्पिनेस सुदूरपश्चिमका संयोजक भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग 

२०७९ असार १५, ०९:०३ खबर संवाददाता

धनगढी: सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गरेका छन्। सामाजिक ग्रुप धनगढी ग्यालरीका एड्मिन पनि रहेका  भण्डारीको जन्म दिनको अवसरमा आयोजना गरिएको हृदयको आँखा कार्यक्रममार्फत उनले धनगढीस्थित आमाको माया छात्रवासमा आश्रित असहाय विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेका हुन्।

हेल्प फर ह्याप्पीनेसले छात्रवासमै आयोजना गरेको कार्यक्रममा विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री,  खाद्यान्न ,मसला  लगायतका सामान हस्तान्तरण गरिएको हेल्प फर ह्पाप्पीनेसले जनाएको छ। कार्यक्रममा आपतकालीन असहाय सहयोग कोषकि संयोजक तथा प्रदेश सहसंयोजक प्रियंका अग्रवाल,प्रदेश कमिटी सदस्यहरु तथा आपतकालीन असहाय सहयोग कोषका सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो। 

संस्थाका संयोजक  भण्डारीले छात्रवासमा केही सामाग्रीहरु अभाव भएको जानकारी पाएपछि र सधैं जसो  खुसि नपुगेको स्थानमा खुसी पुर्‍याउने र जन्म दिनमा फजुल खर्च भन्दा दिन दु:खी र  असहायहरुसँग मनाउने उद्देश अनुरुप नै जन्मदिनको अवसरमा आमाको माया छात्रवासमा आश्रीत विद्यार्थीलाई सहयोग गरिएको बताए।
संस्थाले विभिन्न अवस्थामा रहेका असहायहरु लाई सहयोग गरि हृदयको आँखा कार्यक्रम संचालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस