सुदूर नेपाललाई विश्वसँग जोड्दै

हटाइएका मन्त्री बोल्नै छाडेः माधव नेपाल

फाइल फोटो
फाइल फोटो
२०७९ असार १५, ०४:४८ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन्। 

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो। त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन। अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त। मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ।‘

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए।

कमेन्ट लोड गर्नुस