सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

२०७९ असार १५, ०३:५९ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना छ। लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ। उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ। पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन्। निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर  १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ।

कमेन्ट लोड गर्नुस