सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोका कारण दार्चुलाका विभिन्न सडकखण्ड अवरुद्व ​​​​​​

२०७९ असार १४, ०३:२३ खबर संवाददाता

दार्चुला: दार्चुलाकाे खलंगा- दल्लेख, खार सडकअन्तर्गतको मालबेला क्षेत्रमा  पहिरोका कारण सडक अवरुद्व भएको छ।  त्यस्तै, काटै, मुल्ला, मैखाेली, दल्लेकलगायत नाैगाड गाउँपालिकाका विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध भएका छन्। 

त्यस्तै उक्त पहिराेले सदरमुकाम खलंगालगायत क्षेत्रकाे खानेपानी अवरुद्ध भएको छ। 

त्यसैगरी, महाकाली नगरपालिका-८ स्थित असिगडामा राति खसेकाे पहिराेले अवरूद्व महाकाली राजमार्ग नौ बजेपछि खाेलिएकाे छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनबीच बाटोमै रोकिएका थिए।

कमेन्ट लोड गर्नुस