सुदूर नेपाललाई विश्वसँग जोड्दै

धादिङमा पेस्तोलसहित दुई युवक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ असार १४, ०१:२५ खबर संवाददाता

धादिङ: धादिङमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अविनास तामाङलाई पक्राउ गरिएको हो। 

उनीहरुको डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल र खुकुरी बरामद गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस