सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को  बैठक

२०७९ असार १४, १२:२५ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी साे बैठक बोलाएका हुन्।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो। तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन। त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस