सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री फेर्ने तयारीमा जसपा, नयाँ मन्त्री छान्ने जिम्मा यादवलाई

२०७९ असार १४, ११:३१ खबर संवाददाता

काठमाडौँ: जनता समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ। आइतबार नेकपा (एस)ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो। 

गएराति अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय कार्यकारिणी सदस्यको भेला डाकेर सरकारमा रहेका मन्त्री नै फेर्ने निर्णय गरेका छन्। जसपाबाट सरकारमा चारमन्त्री सहभागी छन्। 

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्। नयाँ मन्त्री छान्ने जिम्मा पनि अध्यक्ष उपेन्द्रलाई नै प्रदान गरिएको छ। 

कमेन्ट लोड गर्नुस