सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ असार १४, ०९:३७ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने भएको छ। उपमहानगरले आगामी आर्थिक वर्षमा एक सय ज्येष्ठ नागरिकलाई मुक्तिनाथ क्षेत्रको दर्शन गराउने उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क मुक्तिनाथ दर्शन गराउन आवश्यक बजेटको व्यवस्था गरेर स्वदेशमा रहेका तिर्थस्थलको प्रचारप्रसार होस् र ज्येष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्नुपर्छ भनेर यो योजना ल्याइएको नगरप्रमुख गोपाल हमालले बताए।

कमेन्ट लोड गर्नुस