सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षा, यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान 

२०७९ असार १४, ०७:४४ खबर संवाददाता

धनगढी: मंगलबार धनगढीमा वर्षा भइरहेको छ। धनगढीलगायतका क्षेत्रमा आज बिहानै देखि मेघ गर्जनसहित वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

आज सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा उल्लेख छ। हाल देशको प्रदेश नं १ र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस