सुदूर नेपाललाई विश्वसँग जोड्दै

हायसले ठक्कर दिँदा एक जनाको मृत्यु

२०७९ असार १४, ०६:११ खबर संवाददाता

काठमाडौं: कोटेश्वरमा हायसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले पैदलयात्रुलाई ठक्कर दिएको हो।

ठक्करबाट स्याङजाको थेलचुङका ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ। दुर्घटनामा रामेछाप नगरपालिका वडा ६ घर भएका हायसका सहचालक २३ वर्षका विमल सुनुवार घाइते भएका र चालक फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

कमेन्ट लोड गर्नुस