सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

२०७९ असार १३, ०९:३४ खबर संवाददाता

पाल्पाः जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रिप्दिकोट गाउँपालिका ६ वाङ्गसुरुङ बस्ने ३१ वर्षीय भक्त बहादुर झेडी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भक्त बहादुरले ती बालिकालाई गत मंगलबार साँझ स्थानीय वाङ्गसुरुङ सामुदायिक जंगलमा ललाई फकाई लगेर जबरजस्ती करणी गरेको प्ररहीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस