सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

२०७९ असार १३, ०८:३५ खबर संवाददाता

कैलालीः कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका १० थेबइ बस्ने ३२ वर्षीय श्रीराम चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।

आफ्नै घरमा खानेपानीको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस