सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रक रोकेर पैसा माग्ने २ जना पक्राउ

२०७९ असार १३, ०६:४५ खबर संवाददाता

काठमाडौंः ट्रक रोकेर चालकसँग पैसा माग्ने २ जना पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ मजुवामा ट्रक रोकेर चालकसँग पैसा माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार राति साढे १२ बजे सिद्धार्थ राजमार्गबाट भैरहवातर्फ जाँदै गरेको ग १ ख ६२२२ नम्बरको ट्रक रोकेर चालक प्रदीप विकसँग पैसा माग्ने पुतलीबजार नगरपालिका–३ का प्रशान्त गोर्खाली र सौगात जिटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस