सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवका सुदूरपश्चिम कमाण्डरहरु बुधबार माओवादी प्रवेश गर्ने

२०७९ असार १३, ०४:०३ खबर संवाददाता

धनगढीः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने भएका छन्। आगामी बुधबार (असार १५ गते) उनीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका हुन्। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ। गत असार ९ गते पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार  ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका थिए।
 

कमेन्ट लोड गर्नुस