सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका चार पालिकाका जनप्रतिनिधिले रेशमलाई जेलमै गएर भेटे 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १३, ०३:३४ खबर संवाददाता

धनगढीः कैलालीको स्थानीय तहमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रमुख र उपप्रमुखले रेशम चौधरीलाई भेटेका छन्। कैलालीको चार पालिकाका प्रमुख र तीन पालिकाको उपप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवारहरूले जितेका थिए। निर्वाचन भएको करिब २ महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन्।

टिकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति रावतले रेशम चौधरीलाई भेटेका हुन्।

उनीहरूबीच करिब २ घण्टा छलफल भएको थियो। छलफलका क्रममा सुरूमा पार्टीका जनप्रतिधिहरूले अहिलेको अवस्थाबारे चौधरीलाई जानकारी गराएका थिए। सबैको प्रतिक्रिया सुनेपछि चौधरीले जनप्रतिनिधीहरूलाई राम्रो काम गर्न सुझाव दिएका थिए। नागरिक उन्मुक्ति पार्टीले कैलालीमा १३ मध्ये चार पालिकामा जित हात पारेको थियो।
 

कमेन्ट लोड गर्नुस