सुदूर नेपाललाई विश्वसँग जोड्दै

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०७९ असार १३, १०:३७ खबर संवाददाता

चितवन: चितवनमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक पक्राउ परेका प्रहरीले बताएको छ।

प्रहरीले उनलाई कटुवा पेस्तोल र २ राउन्ड गोलीसहित पक्राउ गरेको हो। विकको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, नगद १ लाख १४ हजार, सुनको सिक्री १ र ५ मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस