सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर युवतीको मृत्यु

२०७९ असार १३, १०:०४ खबर संवाददाता

कैलाली: कैलालीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। आइतबार कैलारी गाउँपालिका–३ बस्ने १९ वर्षीया सुनिता बरालको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै नल्कामा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।  

त्यसपछि उपचारको लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस