सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘युवा महोत्सव’ सुरु

२०७९ असार १३, ०९:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज (सोमबार)देखि युवा महोत्सव सुरु भएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि ३ दिनसम्म महोत्सव लाग्ने भएको हो। 

युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँवरका अनुसार सुदूरपश्चिम प्रदेशभरका युवाहरुको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको छ। महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकारहरुको समेत उपस्थिती रहनुका साथै महोत्सवले सिकाइ र मनोरञ्जन दुवैलाई प्राथमिकतामा राखेको कुँवरले बताए।

महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिका लगायका विषयमा प्रशिक्षण समेत दिइने उनले बताए। महोत्सवमा करिब ३०० जना युवाहरुको सहभागिता रहनेछ।

कमेन्ट लोड गर्नुस