सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर फैलियो मनसुन, सुदूरपश्चिममा भारी वर्षा हुने 

२०७९ असार १३, ०८:२८ खबर संवाददाता

धनगढी: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। ६ ओटा प्रदेश प्रवेश गरिसकेको मनसुन आइतबार सुदूरपश्चिम प्रवेश गरेसँगै देशभर फैलिएको हो।

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरिएको हो। मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको बुलेटिन अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

त्यस्तै, राति देशका अधिकांश स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस