सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालय गएका छात्र खोलामा मृत भेटिए  

२०७९ असार १३, ०६:११ खबर संवाददाता

काठमाडौं: खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत भेटिएका हुन्।

गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्रको आइतबार खोलाको सानो दहमा नांगो शव फेला परेको बताइएको छ। धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस