सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त

२०७९ असार १२, ०९:३१ खबर संवाददाता

काठमाण्डौँः अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको हो।

उनले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट लोड गर्नुस