सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

फाइल फोटो
फाइल फोटो
२०७९ असार १२, ०८:५८ खबर संवाददाता

पाँचथरः  पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताए।

दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मेची राजमार्ग अन्र्तगत फाल्गुनन्द गाँउपालिका वडा न –३ पाङग्रेभीरमा झापाबाट फिदिमतर्फ आउँदै गरेको मे १ ज २७८४ नं.को कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा पाँचथर फालेलुङ २ खुँगा बस्ने वर्ष ३५को भिष्म केरुङ रहेको प्रहरीले बताएको छ। केरुङलाई उपचारको लागी झापा पठाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस