सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोली मन्त्रीहरूको शपथ हुने

२०७९ असार १२, ०८:४८ खबर संवाददाता

काठमाण्डौँः प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले आज आइतवार पाँच जना मन्त्री फेरबदल गरेका हुन्।

एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएको थियो। राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्।

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उनलाई मन्त्रीमा बढुवा गरिएको छ। मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस