सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले राखेको छैन साइनबोर्ड, नयाँ मान्छेले भेट्टाउँदैन कार्यालय

२०७९ असार १२, ०६:५६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका भवनको प्रदेशद्वारमा साइनबोर्ड नहुँदा नयाँ मान्छेलाई कार्यालय खोज्न सास्ती हुने गरेको छ। कार्यालयको भवनको दक्षिण र पश्चिममा प्रवेशद्वारमध्ये कुनैमा पनि उपमहानगरपालिकाको साइनबोर्ड राखिएको छैन। 

उपमहानगरपालिकाले प्रवेशद्वारमा साइनबोर्ड नराख्दा सर्वसाधारण कार्यालय खोज्दै भौतारिने गरेको धनगढी ८ का सन्तुराम चौधरीले बताए।  ‘गाउँबाट उपमहानगरपालिका आउने सर्वसाधारणलाई साइनबोर्ड नहुँदा समस्या हुने गरेको छ’ उनले भने। धनगढी उपमहानगरपालिकाले साइनबोर्ड राख्नुपर्ने  शिवनगर घर बताउने मोहन भण्डारीले बताए। उपमहानगर जस्तो कार्यालयले साइनबोर्ड नराख्दा नयाँ आउने व्यक्तिले झुक्किनु परेको भण्डारीको गुनासो छ।

कमेन्ट लोड गर्नुस