सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवादित अडियोबारे बोलेनन् प्रेम आले

२०७९ असार १२, ०६:३५ खबर संवाददाता

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। उनले आजको बैठकमा पुगेर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका हुन्।

केही दिनअघि वायुसेवा निगमका कर्मचारीसँग भएको कुराकानीको अडियोबारे प्रष्ट पार्नका लागि सांसदहरुले जवाफ मागेका थिए। सांसद बिमला राई पौडेलले सार्वजनिक माफी माग्नुपर्ने बताएकी थिइन्। 

तर, आलेले माफी मागेनन्। उनले बजेटमाथिका प्रश्नहरुको जवाफ दिए। उनले जवाफ दिनेबेलामा पौडेलसहित केही सांसदहरु उठेर विरोध जनाएका थिए।तर, आलेले निरन्तर रुपमा जवाफ दिए।

कमेन्ट लोड गर्नुस