सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कमल थापाले भनेः राजतन्त्र छाड्नुको कारण मलाई नसोध्नुस्

२०७९ असार १२, ०३:३५ खबर संवाददाता

धनगढीः राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन तहको सरकारमा प्रदेश संरचनाको कुनै काम नभएको बताएका छन्। उनले, स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाएर, प्रदेश संरचना हटाईनु पर्ने बताए। 

आईतबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै थापाले, राजतन्त्र छाडनुको कारण नसोध्न पनि आग्रह गरे। उनले राजतन्त्र छोडेको कारणपट्टी नगएर परिणाम पट्टी लाग्न आग्रह गरे। ‘नेपाली काँग्रेसले राजतन्त्र छोढ्यो, नेकपा एमालेले छोड्यो, केही कारण भएर त छोड्यो होला, त्यसैले मैले पनि छोडिदिए, त्यसको पनि केही कारण होला, मलाई कारण नसोध्नुस’ उनले भने। ‘तपाईहरु पनि अनुसन्धान गर्नुस न्।’

उनले राप्रपा अब लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ्दै सनातन हिन्दू राज्यको मुद्धा लिएर अघि बढने बताए। उनले धर्म निरपेक्षताको ईच्छा नेपाली जनताको नरहेको प्रस्ट पारे। थापा पार्टीको संगठन विस्तारका क्रममा धनगढी आएका थिए। 


 

कमेन्ट लोड गर्नुस