सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

२०७९ असार १२, ०२:३९ खबर संवाददाता

धनगढीः थरुहट राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। 

थारुलाई पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्। टीकापुर घटनामा लक्ष्मण थारुलाई उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको थियो। उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन्। 
 

कमेन्ट लोड गर्नुस