सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेको राजीनामा माधव नेपालको गोजीमा

२०७९ असार १२, ०१:३४ खबर संवाददाता

धनगढीः पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए। त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका एक नेताले बताए। आलेको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको छैन। यसअघि आलेसहित नेकपा एसका १० सांसदले पार्टीले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकोमा असहमति जनाउँदै ध्यानाकर्षण पत्र लेखेका थिए। उनीहरूले पार्टीको संसदीय दल बैठक बोलाउन पनि माग गरेका थिए। तर, आलेसहित ६ जनाले उक्त पत्रबाट नाम फिर्ता लिइसकेका छन्।

नेकपा एसका तीन मन्त्री भने अहिले पनि पद जोगाउन दौडधुपमै छन्।

कमेन्ट लोड गर्नुस