सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली सन्धिको २६ वर्षपछि मूल नहरमा पानी

२०७९ असार १२, ०१:२७ खबर संवाददाता

धनगढीः नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ। विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो। 

भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय खर्चियो। केही समयअघि मात्रै भारतीय पक्षले सन्धि अनुसार बनाउनुपर्ने मूल नहर र संचरना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि यहाँ आउने भएको हो। महाकाली सिँचाइ आयोजना तेस्रो चरणले यही असार १५ गते धान दिवसका अवसरमा मूल नहरमा पानी ल्याएर धान दिवस मनाउने तयारी गरिरहेको छ।

महाकाली सिँचाइले यसअघि ब्रह्मदेवदेखि करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ। थप १५ किलोमिटर नहर निर्माण कार्य अन्तिम चरणमा छ। पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झन् बढेको छ।


 

कमेन्ट लोड गर्नुस