सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आलेविरुद्धको मुद्दा अनिल श्रीमानले हेर्दै

२०७९ असार १२, ०१:१४ खबर संवाददाता

धनगढीः संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज सुनुवाई हुने भएको छ। अस्ति शुक्रवार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशमा पेशी चढेर हेर्न नभ्याइएका कारण पेशी सरेको उक्त मुद्दा आज अनिलकुमार सिन्हाको इजलासमा परेको छ। 

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले गत असार ९ गते मन्त्री आलेविरुद्ध रिट दायर गर्दै परमादेशलगायत आवश्यक उपयुक्त आदेशको माग गरेका थिए। सो रिटको सुनुवाईका लागि ६ नम्बर बेञ्चमा अनिल कुमार सिन्हाको इजलाशले सुनुवाई गर्ने भएको हो।

मन्त्री प्रेम आलेले केही दिनअघि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि अश्लील शब्दमा गालीगलौज गरेको रेकर्ड सार्वजनिक भएको थियो। उक्त रेकर्डमा सुनिएको कुराकानीमा प्रयोग भएका शव्दले सामाजिक मूल्य,मान्यताका साथै सामाजिक वितृष्णालाई समेत प्रोत्साहन गर्ने निश्चित रहेकाले उनको अश्लील अभिव्यक्तिले पुर्याएको क्षतिको “सोसल अडिट’ गर्न परमादेशको माग गरिएको छ। रिटमा मन्त्री आलेलाई मन्त्रीको रुपमा कामकारवाही गर्न रोक लगाउन आदेश मागिएको छ।

कमेन्ट लोड गर्नुस