सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल भन्छन्ः मन्त्रीको राजीनामा आइसक्यो

२०७९ असार १२, १२:४८ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीका मन्त्रीहरूको राजीनामा पत्र आफूले बोकेर हिँडेको बताएका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै नयाँ मन्त्रीहरूको शपथ छिट्टै हुने दाबी गरे। 

उनले भने, ‘हाम्रो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ। मन्त्रीको राजीनामा बोकेर हिँडेको छु, छिट्टै नयाँ मन्त्रीको शपथ हुन्छ। आजै हुने पनि सम्भावना छ।’ उनले इमान्दार कार्यकर्ताले पार्टीको निर्णय मान्ने भएकाले बाहिरका हल्लाको कुरा नलाग्न आग्रह गरे। 

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस