सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक सवारी साधनको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

२०७९ असार १२, १२:३० खबर संवाददाता

धनगढीः यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो। विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो। इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ।

विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ। यस्तो भाडा यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले घटाइएको छ। 

यसअघि असार ३ गते भाडा समायोजन गरेको विभागले न्यूनतम ५.३० प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतले भाडा बढाएको थियो। 

 

कमेन्ट लोड गर्नुस