सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब ललितपुर महानगरभित्र पानीपुरी बेच्न नपाइने

२०७९ असार १२, ११:५२ खबर संवाददाता

ललितपुर:  ललितपुर महानगरपालिकाले पानीपुरी बेच्न रोक लगाउने भएको छ। पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।

आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो।  काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो।

कमेन्ट लोड गर्नुस