सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

२०७९ असार १२, ०९:०६ खबर संवाददाता

काठमाडौं: भरतपुर विमानस्थलको टावर नजिकै आगलागी भएको छ। आइतबार बिहान भएको आगलागी १० मिनेटमै नियन्त्रणमा लिइएको बताइएको छ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएकोले विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो। आगलागीबाटबिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस