सुदूर नेपाललाई विश्वसँग जोड्दै

कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा

२०७९ असार १२, ०७:३१ खबर संवाददाता

काठमाडौं: कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।

मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


 

कमेन्ट लोड गर्नुस