सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारले बसलाई ठक्कर दिँदा एक जनाको मृत्यु 

२०७९ असार ११, १०:४५ खबर संवाददाता

काभ्रेः कारले बसलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका १० जनागालमा बा ७ च १५४५ नम्बरको कारले बा ३ ख २८४४ नम्बरको बसलाई ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार काठमाडौं कंलकी बस्ने ५५ वर्षीय ध्रुव सापकोटाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भोमी अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। साथै दुर्घटनामा घाइते भएका कारमा सवारमध्ये १ जनाको सोही अस्पताल र २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

कमेन्ट लोड गर्नुस