सुदूर नेपाललाई विश्वसँग जोड्दै

कटुवा पेस्तोल र गोली सहित दुई जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ असार ११, ०८:२४ खबर संवाददाता

काठमाडौंः कटुवा पेस्तोल र गोली सहित दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका(१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका १ घर भएकी २१ वर्षीया अस्मिता विक रहेको प्रहरीले बताएको छ। विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस