सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुखको गोलियाले किचेर एक जनाको मृत्यु

२०७९ असार ११, ०७:२८ खबर संवाददाता

पाँचथरः रुखको गोलियाले किचेर एक जनाको मृत्यु भएको छ। सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो।

गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस